लक्ष्मी ग्रुपले मनायो ५०औं वार्षिकोत्सव

Advertisement

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप अहिले कन्फेक्नसरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री बितरण र होम अप्लाएन्सेस् उत्पादनमा संलग्न छ ।

Advertisement

वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी लगायतका सामग्री सहयोग गरेको छ । 

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसैक्रममा लक्ष्मी ग्रुपले गरेको रक्तदान कार्यक्रममा १०० भन्दा बढी कर्मचारी सहभागी थिए ।

ग्रुप अन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको थियो भने सुजल डेरीले काठमाडौंको गैरीधारास्थित होप हेरिटेज इल्डर केयरमा दिवा खाजा खुवाएको छ भने चाइल्ड प्रोटेक्सन होम र डिसएबल सर्भिस एसोसिएसनमा चकलेट, स्टेशनरी र खेलकुदका सामान वितरण गरेको कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

Advertisement

Advertisement