मर्जर प्रक्रिया नटुंंगिदै सूर्यज्योतिले मनायो पहिलो मर्जर बार्षिकोत्सव

Advertisement

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया नटुंगिदै पहिलो मर्जर बार्षिकोत्सव मनाएको छ । मर्जरअघिको हिसाव नमिलेको भन्दै नेपाल बीमा प्राधिकरणले मर्जरअघिकै कम्पनीहरुको छुट्टाछुट्टै प्रतिवेदन बनाउन लगाएसँगै सूर्यज्योतिको मर्जरमा नै वैधानिक प्रश्न उठेको हो । 

मर्जरअघिको ज्योति लाइफको हिसाव नै नमिलेका कारण प्राधिकरणले सूर्य ज्योतिसँग एकीकृत कारोबार भएको महिनौ बितिसकेपछि पुनः पहिलाकै छुट्टा छुट्टै लेखापरीषण गर्न नलाएपछि अहिलेको एकीकृत भनिएको सूर्यज्योतिका लगानीकर्ता र बीमितहरुमा अन्योलता सिर्जना भएको छ । 

Advertisement

यता कम्पनीले भने जीवन बीमा कम्पनीहरुमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको र आफ्नो मर्जर सफल भएको दावी गरेको छ । जबकी प्राधिकरणकै उच्च अधिकारीहरुले पूरानो हिसाव नमिलेको अवस्थामा सूर्यज्योतिको यसअघिको मर्जर प्रक्रियामा वैधानिक प्रश्न उठेको स्वीकार गरेका छन् ।   

कम्पनीले भने मर्जरपछिको एक बर्षमा आफू आफूलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको, अझै बिस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजना र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको बताएको छ ।

मर्जरपछि समेत कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेको छैन् । एकीकरणको चरणमा रहेको सूर्यज्योतिको चुक्ता पूँजी चार अर्ब ५४ करोड रुपियाँ मात्रै छ । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले गत पुस ७ गते मर्जरको घोषणा गरेका थिए । 

Advertisement

Advertisement