काठमाडौं । सर्वोच्च अदालतले फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।
जनयुक्त दिवस हिंसात्मक दिवस भएको र यसलाई आम जनताले स्वीकार नगरेको अवस्थामा सार्वजनिक विदा दिनु गलत भएको बताउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दल र बुद्धिजीवीहरुले सरकारको निर्णय बदर हुनुपर्ने माग राख्दै आएका थिए ।