विवाद समाधान गरेर सेवा सुचारु भएसँगै एकै दिन करिव तीन सय प्याराग्लाइडिङ उडान

Advertisement

काठमाडौं । पोखराका प्याराग्लाइडिङ व्यावासायहरुबीचको विवाद समाधान भएर सेवा सुचारु भएसँगै आइतबार एकै दिन झण्डै तीन सय प्याराग्लाइडिङ उडान भएका छन् । व्यावसायीहरुबीचको विवादपछि सुरक्षाका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान रोक्न निर्देशन दिएका थियो । 

विवाद समाधान भएर प्राधिकरणले उडान सुचारु गर्न अनुमति दिएको पहिलो दिन पोखरामा प्याराग्लाइडिङ उडान उत्साहजनक हुन पुगेको नेपाल हवाइ खेलकुद सँस्था (ना)का अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए । उनले आइतबार बिहान ११ बजेदेखि साझ ३ बजेसम्म करिब तीन सय उडान भएको बताउँदै जुन निकै उत्साहजनक भएको बताए ।

Advertisement

उडान गर्ने पर्यटकहरु आन्तरिक पर्यटकहरु नै धेरै रहेको उनले जानकारी दिए । 

Advertisement

Advertisement