नेप्से तल झरे पनि साढे चार अर्बको कारोबार, छ कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए

Advertisement

काठमाडौं । शेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रह्यो । आज साढे ४ अर्बको शेयर किनबेच भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ८.७५ अंकले बजार तल झरेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१५ अंकमा ओर्लिएको छ ।

Advertisement

आज ३०६ कम्पनीका १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१.३४ रुपियाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि सीईडीबी हाइड्रो र चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाए भने नेपाल वायरहाउजिङ, हाथवे, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, ९.९८ र ९.९४ प्रतिशत नाफा कमाए । 

त्यस्तै मोलुङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०९ प्रतिशतले घाटा व्यहोरे । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको २० करोड १३ लाख ७३ हजार ६ सय ६२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन हिजो आइतबार भने तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  

Advertisement

Advertisement