सत्र बर्षमा नै नम्बर १ बैंक बन्न सफल ग्लोबल आईएमईको यस्तो छ प्रगति यात्रा

Advertisement

कठमाडौं । स्थापनाको छोटो समयमै ग्लोबल आईएमई बैंकले फड्को मारेर अहिले ‘नम्बर वान बैंक’ बनेको छ । पछिल्लो पटक गत वर्ष बैंक अफ काठमाण्डू (बीओके)लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो ।

बैंक वित्तीय सूचकका आधारमा पनि अब्बल रहेको छ । मुलुकका सबै क्षेत्रमा सबै जनतालाई सानोदेखि ठूलोसम्म वित्तीय सेवा पुर्याउने गरी अघि बढिरहेको ग्लोबल आइएमईले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएर काम गरिरहेको बताएको छ ।

Advertisement

ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिएको छ । सबै क्षेत्र र समाजका ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस बैंकले “सबैका लागि बैंक” भन्ने दृष्टिकोणसहित बैंकिङ सेवा प्रबाह गरिरहेको छ  ।

मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी बृहत पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै ग्लोबल आईएमईका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था यसमा समाहित भइसकेका छन् । उपयुक्त मर्जर नीतिले छोटो समयमा नै बैंक देशकै ठूलो र अब्बल बैंक बन्न सफल भएको सो बैंकको भनाई छ । 

यस्तो छ वित्तीय स्थिति
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपियाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धी भएको छ । साथै, सम्पूर्ण नागरिकलाई बैंकिङ पँहुच पुर्याउन ग्लोबल आइएमई बैंकले उक हजार एक सयभन्दा बढि देश तथा विदेशको सेवा केन्द्रहरुबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी चार अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी तीन अर्ब २० करोड रुपियाँ गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपियाँले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड संचालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपियाँ गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड ३३ लाख रुपियाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपियाँ ९६ पैसा रहेको छ । कुल ३५ अर्ब ७७ करोड १० लाख रुपियाँ चुक्ता पूँजी रहेको ग्लोबल आईएमईको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपियाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

सबैभन्दा धेरै कर तिर्ने बैंक
ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड रुपियाँ कर दाखिला गरी सरकारबाट सबैभन्दा बढि कर दाखिला गर्नेमा सम्मानित भईसकेको छ । ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

ग्लोबल आईएमईले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ । हाल उसको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपियाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपियाँ छ  । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपियाँ नाफा आर्जन गरेको थियो ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३५१ शाखा, तीन सय ७६ एटीएम, ३२२ शाखारहीत बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यू दिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैंकिङ सेवा दिइरहेको छ  ।

बैंकको १२ वर्षे लाभांश इतिहास
चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नौ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष एक प्रतिशत बोनस र कर प्रयोजनका लागि आठ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५–७६ मा वितरण गरेको थियो । सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । 

हरेक वर्ष बोनस शेयरमा जोड दिँदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो । आर्थिक वर्ष २०७५–७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । ग्लोबल आईएमईले हरेक आर्थिक वर्षमा शेयरधनीहरुलाई नगद लाभांशभन्दा बोनस शेयर धेरै दिँदै आएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०६८–७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यस वर्ष तीन प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी आव २०६९–७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आ.व. २०७०–७१ मा २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले आर्थिक वर्ष २०७१–७२ मा लगानीकर्तालाई बोनस शेयर मात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२–७३ मा १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।

ग्लोबल आईएमईले आर्थिक वर्ष २०७३–७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४–७५ मा १६ प्रतिशतको दरले लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७६–७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित दुई प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस बैंकले आर्थिक वर्ष २०७७–७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैंकले १० प्रतिशत बोनस शेयर, कर प्रयोजनसहित तीन दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । त्यसैगरी बैैंकले आव २०७८–७९ मा तीन प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

ग्लोबल आईएमई बैंकको उदय
ग्लोबल आईएमई बैंक २०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा स्थापित बैंक हो । एक अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको यो बैैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको थियो । कुल २१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर अहिले सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आईएमईको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । 

ग्लोबल आइएमईलाई गाम्भिएर सफल भएको नेपाली बैंकको उदाहरणका रुपमा पनि हेर्ने गरिन्छ । यस बैंकले सुरुमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि उसले गाभेको थियो । तीन संस्था गाभ्भिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।

त्यसपछि सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्स एन्ड ट्रस्ट बैंक, सन् २०१६ मा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंक गाभ्भिएका थिए । रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए । त्यसपछि हाथवे फाइनान्स, जनता बैंक ग्लोबल आईएमईमा गाभिए । नेपालको बैंकिङ इतिहासमा जनता र ग्लोबल आईएमईको मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले २०७६ मंसिर २० मा एकीकृत कारोबार गरेका थिए । 

त्यसपछि बैंक अफ काठमाण्डू (बीओके)लाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको ग्लोबल आईएमई हरेक मर्जर नीतिमा सफल र रोल मोडल बन्दै आएको छ । बैंकले अहिले आफ्नो सत्रौं बार्षिकोत्सव मनाइरहेको छ । 

Advertisement

Advertisement