काठमाडौं । गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ नेपाल) को आयोजनामा बाग्लुङको अध्ययन तथा अवलोकन सम्पन्न भएको छ ।
भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको नेतृत्वमा पुस ११ गतेदेखि सुरु भएको समग्र बाग्लुङको अध्ययन तथा अवलोकन भ्रमण १५ गतेसम्म आयोजना गरेको थियो ।
भ्रमणको क्रममा टोली बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, सालग्राम संग्रहालय, रामकोट त्रिपुरेश्वर मन्दिर, गल्कोट, बुर्तिबाङ, ढोरपाटन, जलजला एवम गर्पे देउराली, दहखर्क र फुस्रे देउरालीसम्म पुगेको भिटोफ नेपालका अध्यक्ष थापाले बताए ।
उक्त टोलीमा प्राडा प्रेम शर्मा, पर्यटन अभियन्नता एवम यात्राका संयोजक अग्निधर कंडेल, पर्यटन व्यवसायी एवम भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारी, गोरखापत्रका सह–सम्पादक केपी गौतम, सामाजिक अभियन्ता उत्तम आचार्य, छवीलाल श्रेष्ठ, पोखरा महानगर पालिका–२१ का पूर्व अध्यक्ष एवम पर्यटनकर्मी खगराज आचार्य, नियात्राकार राजेन्द्रमान डङ्गोल लगायतका सदस्यहरू सहभागी थिए ।
सो यात्राको व्यवस्थापन ढोरपाटन पर्यटन विकास संस्था तथा यात्रा संयोजक अग्नीधर कंडेलले गरेका थिए ।