नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी पुस २० गतेदेखि हुँदै

Advertisement

काठमाडौं । फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीे पुस २०, २१ र २२ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । 

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । 

Advertisement

उक्त प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुंगा सावित हुँदै आएको जनाउको छ । 

यस अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुकोसहभागिता रहने छ ।

यस नवौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन भने ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको छ ।
 

Advertisement

Advertisement