काठमाडौंका पालिकाहरुले उपत्यकाको फोहोर व्यवस्थापन नगर्ने, सरकारलाई जिम्मा लगाउने

Advertisement

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । 

बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । 

Advertisement

उनले पीडिए गर्नको निमित्त धेरै कण्डिसनहरु नेपवेस्टले प्रस्ताव गरेको तथा स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको टिओआर (टर्म अफ रेफेन्स) बनाउँदा कुनैपनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम  सरकारले नै गर्नेगरी उपत्यकाभित्रको सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नको निमित्त सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको बताए । 

महर्जनले भने, ‘बुधवार काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको हो । त्यो बैठकमा मुलभुत रुपले फोहोर व्यवस्थापन सम्बन्धमा नै हाम्रो कुरा केन्द्रीकृत भयो । सरकार र नेपवेस्टको बीचमा जुन २०११ मा भएको एउटा सम्झौता छ, त्यो हालसम्म पनि कार्यान्वयन नभइरहेको र बैठकमा छलफल भएबमोजिम इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयन निमित्त पठाएको र अहिले मेयर बालेन्द्र शाहले जानकारी गराएअनुसार त्यो काठमाडौं महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेको भन्ने बुझिन आयो । त्यो जुन २०१८ को मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ छ, त्यसमा पीडिए गर्ने भन्नेकुरा भएकोमा अहिलेसम्म पनि नभएको र पीडिए गर्नको निमित्त त्यसमा धेरै कण्डिसनहरु नेपवेस्टले प्रश्ताव गरेको र त्यो विषयवस्तुको गाम्भीर्यता हेर्दा स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको जुन टिओआर छ, त्यो बनाउँदा कुनैपनि पालिका त्यसमा संलग्न भएको पनि थिएन । त्यो २०११ सालमा जननिर्वाचित कोही पनि थिएन । तसर्थ बैठकबाट यो विषयमा बाँकी काम नेपाल सरकारले नै गर्ने गरीकन उपत्यकाभित्रको सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नको निमित्त नेपाल सरकारलाई नै अनुरोध गर्ने ।’

बैठकले काठमाडौं उपत्यकामा अबबाट स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको पनि मेयर महर्जनले बताए ।  उनले भने, हामीसँग सरोकार राख्ने काठमाडौं भ्यालीको नगरपालिकालाई समार्ट सिटी बनाउने भनेर आजभन्दा कयौँ वर्षअघिबाट जग्गा रोक्का गरिराखेको तर स्मार्ट सिटीको सन्दर्भमा केही पनि काम अघि नबढेको कारणले स्मार्ट सिटीको काम तत्काल हुनुपर्छ नत्र भने जग्गा रोक्का राखेर बस्ने काम उचित छैन, भन्ने हाम्रो केही नगरपालिकाका मेयरहरुको कुरा थियो । अब आउँदो बैठक तारकेश्वर नगरपालिकामा बस्ने ।’

मेयर महर्जनले उपत्यकाका महानगरपालिकासँग सरोकार राख्ने काठमाडौं उपत्यकाका नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि धेरै वर्ष पहिलाबाट जग्गा रोक्का गरिराखेको तर स्मार्ट सिटीको सन्दर्भमा काम अघि नबढेकाले यसको काम तत्काल हुनुपर्ने बताए । तत्काल काम शुरु नभए जग्गा रोक्का राख्न उचित नहुने बारेमा पनि छलफल भएको उनले बताए । नान
 

Advertisement

Advertisement