राष्ट्रियसभा निर्वाचनः सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

Advertisement

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आइतबार पनि बस्ने भएको छ । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेपछि सो बैठक आइतबारका लागि बोलाइएको हो । 

Advertisement

शनिबार रातिसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट बनाएका छन् । बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबन्डा गरेका हुन् ।

राष्ट्रियसभामा नेपालको दाबी तीन सिटमा रहे पनि कांग्रेस र माओवादीले भने दुई सिट मात्रै दिन सकिने बताइरहेका छन् । 

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

Advertisement

Advertisement