विवादपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रियाको विज्ञापन रद्द

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि जारी भएको विज्ञापन रद्द भएको छ। नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्द भएको जनाएको छ ।

उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि सर्वत्र विरोध भएको थियो ।

Advertisement

विरोधपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त व्यवस्था हटाएर पुनः विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द गरिएको हो ।

यसअघि प्रकाशित विज्ञापनमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गनुपर्ने उल्लेख थियो। 

अर्को सूचना जारी भएपछि मात्रै नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताइएको छ । 
 

Advertisement

Advertisement