सिलाई व्यवसायी कार्कीले पाए ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान

Advertisement

काठमाडौँ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन् । 

शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन् ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरु सम्मानित भएका छन् । रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आआफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की बिगत एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् । बिभिन्न सामाजिक सेवाका काममा योगदान दिदै आएका कार्कीले यसअघि बिभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन् ।

Advertisement

Advertisement