काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना देखिएको छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।