राष्ट्रिय सभा सदस्य निर्वाचनः दुई दिन दाबीविरोध र उजुरीमाथि छानबिने हुने

Advertisement

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीमाथि छानबिन हुने भएको छ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ । 

यसैबीच, दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको हो । 

Advertisement

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार दुई दिन जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै, उम्मेदवारी फिर्ता लिन चाहनेको नाम २७ गते नाम फिर्ता भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगले जनाएको छ । 

Advertisement

Advertisement