तराईमा बाक्लो हुस्सु र कुहिरो जारी, चिसोबाट बच्न विभागको आग्रह

Advertisement

काठमाडौं । अहिले तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यसले जनजीवन तथा यातायातमा समेत बाधा पुर्याएको छ । दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

न्यून भिजिबिटी हुँदा सवारीसाधान चलाउन तथा हवाई यातायातमा समस्या हुन्छ । 

Advertisement

तराईका अधिकांश ठाउँमा हुस्सु लाग्ने भन्दै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ । 

आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 
 
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

Advertisement