समग्रमा ३९.७१ अंकले उचालियो नेप्से, साढे २५ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । पुस महिनाको प्रेसरका वाबजुद शेयर बजार समग्रमा ३९.७१ अंकले उचालिएको छ । साताका पाँच दिन मध्ये ३ दिन बजार उकालो चढ्यो भने २ दिन अर्थात पहिलो र अन्तिम दिन ओरालो झर्यो । 

गत साताको अन्तिम दिन २०४९.२८ अंकमा रहेको नेप्से यो साताको अन्तिम दिन पुस २६ गते बिहीबार २०८८.९९ मा पुगेर बिश्राम लिएको छ । 

Advertisement

कारोबार रकम पनि उत्साहजनक रह्यो । पाँचै दिन कममा ४ र बढीमा ६ अर्बसम्मको शेयर किनबेच भएको हो । समग्रमा साढे २५ अर्बको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यही साता कारोबार शुरु भएको हिमालयन रि इन्स्योरेन्समा लगातार पोजेटिभ सर्किट लागेको छ । गत सोमबार रु. ३०९.२० मा कारोबार खुलेको थियो । त्यसपछि लगातार बढेर प्रतिकित्ता रु. ४५२.६० पुगेको छ । 

यस्तो रह्यो यो साता
साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ, सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६।२८ रुपियाँ, मंगलबार २०.६२ अंकले बजार बढ्दा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६।६७  रुपियाँ, बुधबार ९.५० अंकले बजार बढ्दा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९.३८ रुपियाँ  र बिहीबार ०.६२ अंकले बजार घट्दा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २ सय ७७.२७ रुपियाँ बराबरको कारोबार भएको थियो ।  


 

Advertisement

Advertisement