आगामी आर्थिक वर्षको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउँछुः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् । शनिवार आफ्नो पार्टीको कार्यालयमा आयोजित बैठकमा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताएका हुन् । 

नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भुमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा दाहालले बैठकमा जोड दिएको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले बैठकमा विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताए । 

Advertisement

बैठकमा दाहालले कुटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गरेका थिए । सोपकोटाले भने, ‘अन्तर्राष्ट्रिय कूटनीतिमा पनि महत्वपूर्ण उपलब्धिहरु भएका छन् । त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा चाहिँ के छ भने खासगरी विकास भनेको त आर्थिक विकास नै हो । आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा ड्राफटिक चेन्ज हुनेछ भन्नुभएको छ । त्यसमो तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ । अबको बजेट बनाउँदाखेरी पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहीँ अहिलेको बजेट बनाउँदाखेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ । त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ । र अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ । त्यो सिलिङ बनाउने क्रमसँगै अहिले चाँही सबैसँग छलफल गरिन्छ । र त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गरिन्छ भनेर उहाँले भन्नुभएको छ । उहाँको शब्दमै मैले भन्नु र्दा चाहीँ इतिहासमै अहिले यो पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइएको छ भनेर उहाँले भन्नुभएको छ ।’

Advertisement

Advertisement