काठमाडौं । एक बीमा कम्पनी र दुई लघुवित्तले शेयरधनीहरुको हात खाली पार्ने भएका छन् ।
यसैक्रममा कालीका लघुवित्तले लाभांश प्रस्ता नगर्ने भएको छ । गत शनिबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव फणिन्द्र पाण्डेले जनाएका छन् ।
यस्तै निर्धन उत्थान लघुवित्तले पनि लाभांश प्रस्ताव नगर्ने भएको हो । गत विहीबार बसेको बैठकले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव जग्यप्रसाद पन्तले जनाएका छन् ।
यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले पनि लाभांश प्रस्ताव नगर्ने भएको हो । आज बिहान बसेको बैठकले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव उमा जोशीले जनाएकी छिन् ।