काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६औं बार्षिक साधारणसभा आज आज कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आब २०७९÷८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ ।
कम्पनीले कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो । यस आयोजनले विक्रम सम्वत् २०६० साल असोज १ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । य
त्यसैगरी कम्पनीले ताप्लेजुङ्ग, पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगोवाट क्षमता भएको काबेली बी(१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ साल चैत्र १२ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ ।
कम्पनीले सहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरी पिके हाइड्रोपावर लिमिटेडमा ५१ प्रतिशत संस्थापक शेयर लगानी गरि ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मेवा क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ ।
यसैबीच कम्पनी हकप्रद निष्काशनका लागि अघि बढेको छ । नेपाल धितोपत्र बोर्डले भर्खरै मात्र अरुण भ्यालीलाई १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ ।