घोराही सिमेन्ट्सको साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आव २०७९/८० सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Advertisement

साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/­८१ को  मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिए । 

आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपियाँ बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपियाँ कायम हुनेछ ।

त्यस्तै कम्पनीको संचालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कात्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको संचालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । योसँगै कम्पनीको संस्थापक समूहमा ५ जना संचालक भएका छन् ।

Advertisement

Advertisement