काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले शेयरधनीहरुको हात खाली पार्ने भएको छ ।
सञ्चालक समितिको गत आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि कार्यान्वयनमा आउने छ ।