गरिमा क्यापिटलले ल्यायो ‘गज्जबको लगानी व्यवस्थापन सेवा’

Advertisement

काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा  योजना ल्याएको छ ।  यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुनेछ । 

यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट  बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ । 

Advertisement

क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम वा शेयर दश लाखको हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्पmत वा ह्वाट्सप, भाइबर, समाजिक सञ्जालबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । 
 

Advertisement

Advertisement