इनड्राईभमा अब लक्जरियस गाडी, कम्पनीले ल्यायो ‘कम्फर्ट फिचर’
फाइल तस्बिर

Advertisement

काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक इनड्राईभले नेपालमा ‘इनड्राईभ कम्फर्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सुविधा घोषणा गरेको हो । 

हाल इनड्राईभले नेपालमा बाइक, ट्याक्सी लगायतका सवारी साधानमा राइड सेयरिङ सुविधा दिदै आएको छ । सोही क्रममा अहिले ‘इनड्राईभ कम्फर्ट’ फिचर ल्याइएको हो । यो प्रिमियम तथा लक्जरियस सेवा हो । यात्रुलाई आरामदायी यात्रा गराउने उद्देश्य सहित सुविधा ल्याइएको हो । 

Advertisement

यस अन्तरगत बिशेषगरी कारहरु उपलब्ध हुनेछन् । त्यसमा मुख्यतः एयर कन्डीसन (एसी) फराकिलो सिट, फराकिलो भित्रीभाग लगायतका सुविधा हुनेछन् । जुन सुविधाले यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीको दावी छ । 

कम्पनीकाअनुसार यसमा विशेषगरी उच्च गुणस्तरीय सवारी साधन र उच्च श्रेणीका चालकहरू हुनेछन् । आरामदायी यात्रा चाहनेहरूका लागि यो सेवा लक्षित गरिएको कम्पनीको भनाइ छ । यसले काठमाडौँको व्यस्त ट्राफिक र मौसमबाट ग्राहकलाई राहत प्रदान गर्नेछ । यसमा विद्युतीय गाडी (इभी) लाई पनि मुख्य प्राथमिकतामा राखिएको छ । 

इनड्राईभका दक्षिण एशिया वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्माकरले ग्राहकहरूको आवश्यकताहरूलाई ध्यानमा राखेर नयाँ सुविधा ल्याएको बताए । उचित मूल्यमै ग्राहकले यो सुविधा पाउने उनको भनाइ छ । 

फराकिलो भित्री भाग भएका सेडान गाडीहरू पनि यसमा हुनेछन् । यस अन्तरगत आरामदायी, फराकिलो र झन्झट–मुक्त यात्रा गर्न सकिने दावी गरिएको छ । 

इनड्राईभका एशिया प्यासिफिक कम्युनिकेसन लिड पभित नन्दा आनन्दले भने, ‘हामी चालक र यात्रु दुवैलाई आफ्नो छनोट गर्न स्वतन्त्रता दिन्छौं । यो पूर्ण रुपमा पारदर्शी मोडेल हो । हामी यात्रु र चालकलाई आफ्नो अनुकुल सम्झौता गर्ने स्वतन्त्रता प्रदान गर्दैछौं ।’
 

Advertisement

Advertisement