टेरामक्स प्रविधि र एमडीएमएस प्रणालीको औचित्यबारे एक हप्तामा स्पष्ट दृष्टिकोण पेश गर्न निर्देशन

Advertisement

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार त्था सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

Advertisement

को बैठकले छ वर्षअघि टेरामक्स प्रविधि खरीद गर्ने निर्णय गर्दाको अवस्थादेखि अहिलेको परिस्थितिबारे स्पष्ट दृष्टिकोण पेश गर्न निर्देशन दिएको हो । 

समितिका सभापति भानुभक्त जोशीले टेरामक्स खरीद गर्ने विषयमा मन्त्रालय र प्राधिकरणले गरेका नीतिगत निर्णय सहितको कागजात समितिमा पेश गर्न पनि निर्देशन दि । उनले नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै डकुमेण्टहरु, सञ्चार मन्त्रालयले यो विषय सम्बन्धी अध्ययन र छानविन गरेका प्रतिवदेनहरु तथा मन्त्रालयको टेरामक्स प्रविधि र एमडीएमएस प्रणालीको विषयमा स्पष्ट धारणा के हो ? भन्नेबारे पनि स्पष्ट धारणा पेश गर्नुपर्ने बताए । 

जोशीले भने, ‘टेरामक्स र एमडीएमसका बारेमा उहाँहरुले शुरुमा गरेको नीतिगत निर्णय, मन्त्रालय वा प्राधिकरणले गरेका सबै नीतिगत निर्णयहरु, नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै डकुमेण्टहरु,सञ्चार मन्त्रालयले यी विषय सम्बन्धि अध्ययन र छानविन गरेका प्रतिवदेनहरु र मन्त्रालयको टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको विषयमा स्पष्ट धारणा के हो ? मन्त्रालय के भन्न चाहन्छ ? समितिले भन्दा मन्त्रालयले अध्ययन गरिसक्यो । मन्त्रालय टेरामक्स र एमडिएमएस प्रणालीका बारेमा के भन्न चाहन्छ ? त्यो विषयको स्पष्ट अवधारणा र अदालतका आदेशहरु समेत गरी सबै डकुमेण्टहरु एक हप्ताभित्र समितिमा आइपुग्ने गरी मन्त्रालयलाई निर्देशन दिन्छु ।’

समितिले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रविधि खरीदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले मन्त्रालयकै सहसचिवको संयोजकत्वमा गठन भएको छानविन समितिले तयार पारेको एमडीएमएस प्रतिवेदन पेश गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।

Advertisement

Advertisement