काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीस सिफारिस समिति गठन गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला छन् ।
अध्यक्ष रमेश हमालको पदावधि पुस २० मा सकिएपछि बोर्ड अध्यक्षविहीन छ । अध्यक्ष रिक्त रहँदा दैनिक कामकाज प्रभावित हुँदै आएको छ ।