राजा ज्ञानेन्द्रलाई हेटौंडामा नागरिक अभिनन्दन

Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा आज (आइतबार) नागरिक अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा हेटौंडा पुगेका उनलाई अभिनन्दन गरिएको हो । 

राजा ज्ञानेन्द्रको स्वागतमा समर्थक तथा शुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्याली पनि निकालेका थिए । आजै उनले हेटौंडाको चुरियामाई मन्दिरको दर्शन गर्नुका साथै गुम्वामा पूजा पनि गरेका थिए । 

Advertisement

राजा ज्ञानेन्द्रलाई वीरगञ्जमा पनि अभिनन्दन गर्ने कार्यक्रम छ । गणतन्त्र घोषणापछि उनी गद्दीविहीन बन्न पुगेका छन् । 

Advertisement

Advertisement