काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीले पाएका छन् ।
सेबोनका वरिष्ठ कार्यकारी निर्देशक रहेका अधिकारीले निमित्तको जिम्मेवारी दिएका हुन् ।
सेबोनका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि पुस २० गतेदेखी अध्यक्ष पद खाली छ ।
अध्यक्ष नियुक्तिका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजक र अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको छ ।