मधेसमा तमासा, झगडापछि मुख्यमन्त्री यादवले जनमतका मन्त्रीहरु हटाउने

Advertisement

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका छन् । सोमवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्ती गर्ने बताए । 

जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको बताउँदै यादवले  प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सरकारबिरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ लाज पचाएर बसिरहेको बताए । 

Advertisement

उनले जनमतका मन्त्रीहरुले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकको गठबन्धनको हो ? भन्दै प्रश्न गरे । यादवले जनमत पार्टीलाई संघ सरकारबाट हटाए आफू तत्काल प्रदेशको मन्त्रीहरुबाट पनि हटाइदिने बताए । 

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धनका साझा उम्मेदवारबिरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले जनमत अध्यक्ष चन्द्रकान्त राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन् । 

मधेस प्रदेशमा जनमत पार्टीमा शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । 

Advertisement

Advertisement