काठमाडौं । गुराँस लघुवित्तको खुद नाफा नाटकीय ढंगले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा बढेर ७७ लाख २८ हजार रुपियाँ पुगेको छ ।
गत आवको सोही अवधिमा संस्थाले २ लाख ४७ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा संस्थाले २ करोड २४ लाख ५३ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपियाँ छ । गत आवको सोही अवधिमा संस्थाले १३ लाख ८२ हजार रुपियाँ सञ्चालन घाटा व्यहोरेको थियो ।
पुस मसान्तसम्म चुक्ता पुँजी १० करोड १४ लाख रुपियाँ रहेको संस्थाको खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी १५.२४ रुपियाँ र प्रतिशेयर नेटवर्थ १२९.६७ पैसा छ ।