पर्यटनसम्वन्धी मेला ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ आउँदो जेठ १८ बाट राजधानीमा हुने

Advertisement

काठमाडौं । पर्यटनसम्वन्धी मेला ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ आउँदो जेठ १८ र १९ मा राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । 

एक्स्पो समिट इभेन्ट एण्ड मार्केटिङ्सले आयोजना गर्न लागेको मेलाबारे आइतबार पर्यटनसम्वद्ध संस्थाहरुसँग छलफल गर्यो । आयोजक संस्थाका शिशिर खनालले पर्यटनसम्वन्धी यो मेला नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मेला भएको बताए । उनले आजको छलफल फलदायी भएको बताउँदै पर्यटन क्षेत्र संघसंस्थाहरुको सुझाव र सहयोगमा मेला सम्पन्न गर्ने बताए । 

Advertisement

खनालले भने, ‘आजको छलफलमा आएका प्रतिक्रियाहरुलाई हामीले सकारात्मक रुपमै लिएका छौं । पर्यटन क्षेत्रका छाता संघसंस्थाले ‘हामी तपाइँहरुको पछाडी छौं’ भन्नुभएको छ ।’ मेलामा १२५ भन्दा बढी स्टलहरु रहने छ । पर्यटन क्षेत्रका सबै सरोकारवालालाई एकै ठाउँमा भेला गर्ने उद्देश्य राखिएको यो मेलाले पर्यटन उद्योगलाई एकताबद्ध गर्न सहयोग पुग्ने आशा राखिएको छ । 

पर्यटन मेला ट्राभल उद्योगमा समर्पित सबैभन्दा ठूलो बिज्निस टु बिज्निस मेला हो भन्दै खनालले भने, ‘दुई दिनको कार्यक्रममा पहिलो दिन ‘बिजनेस टू विजनेस’ गछौं भने दोस्रो दिन चाहिँ विजनेस टू विजनेश, विजनेस टू कस्टोमर’ गर्ने कार्यक्रम छ ।’ यो मेला हरेक बर्ष गर्ने बताउँदै उनले विश्वव्यापी नेटवर्किङका लागि अवसरहरू छन् भन्ने कुराको सुनिश्चितता गर्नु पनि मेलाको उद्देश्य भएको बताए । 

Advertisement

Advertisement