कैलाश पर्वत तथा मानसरोबरको पर्वतीय उडान गर्ने श्री एयरलाइन्स पहिलो बन्न सफल

Advertisement

कठमाडौं । श्री एयरलाइन्सले पहिलो  पटक नेपालबाट तिब्बतको कैलाश पर्वत तथा मानसरोबारको उडान गरेको जनाएको छ । 

उक्त एयरलाइन्सले सोमबार विज्ञप्ति निकालेर नेपालको इतिहासमा आफ्नो सीआरजे ७०० नाइन एन– एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट कैलाश पर्वत तथा मानसरोबार दर्शनका लागि पर्वतीय उडान गरेको जनाएको हो । 

Advertisement

नेपालको भूभागबाट यसअघि यस्तो उडान भएको थिएन् । यो उडानसँगै एयरलाइन्सले नेपालगञ्जबाट नेपाली, भारतीय तथा अन्य मुलुकका पर्यटकलाई कैलाश पर्वत तथा मानसरोबरको पर्वतीय उडान गर्न आकर्षित गर्न सकिने बताउँदै श्री एयरलाइन्सले यसरी उडान गर्ने पर्यटकलाई काठमाडौं ल्याएर पशुपतिनाथको समेत दर्शन गराउने आफूहरुको योजना रहेको बताएको छ । 

आजको उडान टेम्पल ट्रिप ग्रुप, इण्डिया, सिदार्थ हस्पिटालिटि ग्रुप, नेपालगञ्ज पाथिलो होलिडेज, काठमाडौंको सहकार्यमा भएको बताउँदै एयरलाइन्सले २७ हजार फिटको उचाईबाट कैलाश पर्वत तथा मानसरोबारको पर्वतीय उडान गराउन सफल भएको बताएको छ । 

क्याप्टेन प्रफुल्ल बैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना र चालक दलका पाँच जनासहित आज उडान गरिएको थियो । 
 

Advertisement

Advertisement