वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ आज बिहान बाँडफाँट भएको छ । 

कम्पनीले पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको आइपीओ गोलाप्रथामार्फत ५ हजार ३ सय ४० जनाले पाएका छन् । उनीहरुले ५० कित्ताका दरले शेयर पाएका हुन् ।

Advertisement

आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका ३३ हजार ८ सय १० जना योग्य आवेदक मध्ये ५ हजार ३ सय ४० जनाले शेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  

कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता शेयर निष्कासन गरेको थियो । 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

Advertisement

Advertisement