मान्डु हाइड्रोपावरको खुद नाफा १७ करोड, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । मान्डु हाइड्रोपावरको खुद नाफा बढेको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपियाँ नाफा गरेको थियो ।

चालू आवको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । कम्पनीको विद्युत् बिक्री आम्दानी ४ प्रतिशत घटेर ४१ करोड ५२ लाख रुपियाँमा सीमित भएको छ ।  गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४३ करोड २७ लाख रुपियाँ बिक्री आम्दानी गरेको थियो ।

Advertisement

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख रुपियाँ पुगेको छ । 

कम्पनीको चुक्ता पुँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपियाँ र जगेडा कोष ४०.३२ प्रतिशत बढेर ३७ करोड १९ लाख रुपियाँ, प्रतिशेयर आम्दानी २५.०२ रुपियाँ र प्रतिशेयर नेटवर्थ १३९.७९ रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement