काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण पछि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकलेआज २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपियाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।
यसैगरी कम्पनीले १ः०.४२ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव गर्ने निर्णय पनि भएको कम्पनी सचिव प्रकाशसिंह कठायतले जनाएका छन् ।