रुरु जलविद्युतको खुद नाफा सामान्य घट्यो

Advertisement

काठमाडौं । रुरु जलविद्युत परियोजनाको विद्युत बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड १३ लाख रुपियाँ कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ०.१८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड १५ लाख रुपियाँ आम्दानी गरेको थियो।

Advertisement

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५ करोड ९६ लाख रुपियाँ खुद नाफा कमाएको यस अवधिमा ५ करोड ८९ लाख रुपियाँ नाफा कमाएको छ ।

विद्युत बिक्री आम्दानी सामान्य घटेका कारण कम्पनीको खुद नाफा पनि सामान्य घट्न पुगेको हो ।

दोस्रो त्रैमाससम्मा कम्पनीको खुद नाफा ३.४८ प्रतिशत घटेको छ । त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी ७९.७८ प्रतिशत र वित्तीय खर्च ३१.५१ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । चालू आवको पुस मसान्तसम्ममा कम्पनीको आम्दानी २७ पैसा घटेर २३.९० रुपियाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १४४.६७ रुपियाँ र मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ ।

४९ करोड ३३ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा भने २२ करोड ३ लाख रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement