काठमाडौं । कास्कीको माछापुच्छ्रे, गाउँपालिका स्थित ३२ मेवा.क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।
प्रतिकित्ता रु.१००/- अकिंत दरको साधारण शेयर ५१,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
उक्त कम्पनीको आईपीओ निष्काशनका लागि एलएस क्यािपटल लिमिटेड नयाँ बानेश्वर, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिलनारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ ।
उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।