आवेदकले माग बमोजिमनै पाए ‘एनआइबिएल स्टेबल फन्ड’ को इकाई

Advertisement

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सचालन हुन लागेको बन्दमुखी योजना ‘एनआइबिएल स्टेबल फन्ड’ को इकाई आज बाँडफाँट भएको छ । 

इकाईका लागि आवेदन दिएका ३९ हजार २ सय ७१ जना ले माग बमोजिम नै शेयर पाएका छन् । कम्पनीले बीज पुँजी सहित कूल १० करोड इकाईहरु माग २ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो । यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेको थियो । 

Advertisement

तर ३९ हजार २७१ जना सर्वसाधारण आवेदकहरुले मागभन्दा बढी आवेदन दिएपछि योजनाको आकार बढाएर मागअनुसार बाँडफाँट गरिएको एनआइएमबी एसले जनाएको छ । 

सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि आवेदन दिएका थिए । यससँगै, योजनाको आकार १ अर्ब १३ करोड रुपियाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement