काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा फागुन १८ गते हुने भएको छ । सभा होटल क्लासिक सिमरा, बारामा हुने साधारण सभाले लाभांश पारित गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गर्ने ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद लाभांश पारित गरिन लागेको हो ।
बोनस शेयर वितरण पश्चात कायम हुने पूँजीमा ४२ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।
साधारण सभा पैयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्ने भएको छ ।