काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ । लगातार बढिरहेको बजार आज चौथो दिन पनि बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.७४ अंकले उचालिएको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९६.३८ अंकमा पुगेको छ ।
आज ३ सय १७ कम्पनीका ९१ लख ७१ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३.६३ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज समाज लघुवित्त, बुद्धभूमि हाइड्रो, त्रिशुली जलविद्युत, मायाखोला हाइड्रो र स्वेतगंगा हाइड्रोका लगानीकर्ताले क्रमशः १०, ९.९९, ९.८४, ७.७८ र ७.४९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८७ लाख ९० हजार २ सय ५२.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ५.३१ अंकले बजार घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ, सोमबार १४.५७ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ, मंगलबार ७.६३ अंकले बजार बढ्दा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७.७६ रुपियाँ र हिजो बुधबार ४.९२ अंकले बजार बढ्दा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७.४७ रुपियाँ बराबरको कारोबार भएको थियो ।