हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको  तीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा उक्त साधारण सभा सम्पन्न भएको हो । 

गत आवमा कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कूल १५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

Advertisement

संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 

अध्यक्ष श्रेष्ठले साधारण सभामा शेयरधनीहरुले राखेको जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए ।  मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति आभार प्रकट गरिएको थियो । 
 

Advertisement

Advertisement