‘कुमारी सबल योजना’ को १० करोड इकाई बिक्री खुला

Advertisement

काठमाडौं । कुमारी क्यापिटलले आजदेखि (माघ २८) देखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो, जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत बीज पुँजीबापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । 

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको कुमारी क्यापिटलले जनाएको छ । यसमा प्रतिइकाई १० रुपियाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने बताइएको छ । 

Advertisement

यस बन्दमुखी योजनामा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ । 

Advertisement

Advertisement