कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबिच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश गर्न सक्नेछन् । 

Advertisement

बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसंग सम्बन्धित कागजातहरु अनलाईन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ । 

उक्त सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फवाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 

यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ । 
 

Advertisement

Advertisement