आजको मौसम : कोशी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Advertisement

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञानले जनाएको छ । 

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । त्यस्तै, दिउँसो कोशी, बागती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै, राति कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Advertisement

Advertisement