ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा महिलाको मृत्यु

Advertisement

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना महिलाको मृत्यु भएको छ । 

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौंडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । 

Advertisement

ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए । 

Advertisement

Advertisement