अत्यधिक चिसोका कारण मंगोलियामा ५ लाख बढी पशुचौपाया मरे
प्रतीकात्मक तस्बिर ।

Advertisement

एजेन्सी । अत्याधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुधन मरेका छन् । यसरी ठूलाे संख्यामा पशुधन मरेपछि मंगोलियाले विपद् पूर्वतयारीलाई उच्च सतर्कतामा राखेको छ । 

मंगोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेको कठिनाइ हटाउन र गोठालालाई चौतर्फी सहयोग प्रदान गर्न सबै सम्भावित उपायहरू गर्न निर्देशन दिएका छन् । 

Advertisement

बुधबारसम्म कुल ५ लाख ८ हजार ३९ पशुधनको मृत्यु भएको बताइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०२३ को अन्त्यमा मंगोेलियामा पशुधनको संख्या ६ करोड ४० लाख ७० हजार थियो ।

मंगोलिया संसारको अन्तिम जीवित घुमन्ते देशहरूमध्ये एक हो । घुमन्तेहरुमा पनि यसको ठूलो असर परेको छ । 

Advertisement

Advertisement