सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  सुन प्रतितोला ५ सय रुपियाँले बढ्दा चाँदी प्रतितोला १० रुपियाँ महंगिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपियाँ र  तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisement

Advertisement