बस्नेतले १० दिनमा खाली खुट्टाले पूरा गरे एक हजार ५० किलोमिटरको यात्रा

Advertisement

काठमाडौं । गिनिज वर्ल्ड रेकर्ड होल्डर धावक अमृतबहादुर बस्नेतले १ हजार ५० किलोमिटर खाली खुट्टा दौडिएर १० दिनमा पूरा गरेका छन् । 

खाली खुट्टा दौड सबैभन्दा छिटो पूरा गर्ने उनी पहिलो व्यक्ति बन्न सफल भएका छन् । 

Advertisement

उनले फेब्रुअरी ६ तारिखका दिन महाकाली सीमाबाट दौड शरुरु गरी र फेब्रुअरी १५ तारिखमा मेची सीमासम्म दौड पूरा गरेको उनले कर्पोरेट नेपाललाई जानकारी दिए । 

उनले भने, ‘मैले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकालीदेखि मेचीसम्म एक्लै खाली खुट्टा दौडिएको हुँ । यो दौड ‘शोकका लागि दौड’ भन्ने नाराका साथ गरेको हुँ ।’

उनको यो एकले खाली खुट्टा दौडको उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई सहायता  र समर्पण गर्नु रहेको बताए । 

Advertisement

Advertisement