काठमाडौं । शेयर बजार उच्च अंकले घट्दा कारोबार रकम पनि खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार २७.२१ अंकले घटेको हो । १.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३४.८२ अंकमा झरेको छ ।
आज ३१५ कम्पनीका १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यस्तै सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ९० लाख २ सय ५२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
उक्त कम्पनीको शेयर बढेर प्रतिकित्ता ७ सय नाघेको थियो भने अहिले घटेर प्रतिकित्ता ६ सय ४५.१० रुपियाँमा झरेको छ ।