एलजीले पायो ‘एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसन’, ग्राहकको विश्वास झन बढ्ने आशा

Advertisement

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले कोरियन स्टाण्डर्ड एसोसियसन (केएसए)बाट एआई प्रवन्धन प्रणाली (एआईएमएस) सर्टिफिकेसन (आईएसओ–आईएफसी ४२००१) प्राप्त गरेको यस ब्राण्डको नेपालको बिक्रेता चौधरी समूहअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

यस्तो प्रमाणपत्र एलजीले हालै प्राप्त गरेको हो । यसलाई एलजीले ठूलो उपलब्धीको रुपमा लिएको छ । यो सर्टिफिकेसनले एलजीको एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारीपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको देखाउँछ ।

Advertisement

एआईएमएस प्रमाणीकरणको अधिग्रहणले सुरक्षा, निष्पक्षता, पारदर्शीता र जवाफदेहितालगायत आफ्ना एआई उत्पादन र सेवाहरुसँग सम्वन्धित संभावित मुद्दाहरुमा कडा नियन्त्रण सुनिश्चित गर्न एलजीको निरन्तर र व्यवस्थित प्रयासहरुलाई स्वीकार गर्दछ भन्दै सीजी इलेक्ट्रोनिक्सले यस प्रमाणीकरणमार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने लक्ष्य राखेको बताएको छ ।

गत बर्ष स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी यूएलद्धारा वासिङ मेसिन र ड्रायरका लागि सम्मानित भएको एलजीले कोरिया इन्ष्टिच्युट अफ इन्ड्रष्ट्रियल टेक्नोलोजी (किटेक)बाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सेफ्टी सर्टिफिकेसन प्राप्त गरेको जनाएको छ । 

एलजीले नेपालमा पनि बिगत ३५ बर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्त तथा बिगत केही बर्षदेखि एआई सम्मिलित उत्पादनहरू बिक्री गर्दै आएको छ । 

Advertisement

Advertisement