त्रिभुवन विमानस्थलमा पुनः झण्डै एक किलो अवैध सुन बरामद

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः झण्डै एक किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले ८५५ ग्राम सुनसहित एक भारतीयलाई पक्राउ गरेको हो । अर्धठोस अवस्थामा ल्याइएको यो सुन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

Advertisement

सुन ल्याउने ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर हुन् । उनले सोमबार राति दुबईबाट फ्लाई दुवईमार्फत आउने क्रममा सुन ल्याएको आशंका भएपछि चेक जाँच गर्दा अर्धठोस अवस्थाको सुन फेला परेको थियो । गफुरमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको उक्त वस्तुसहित उनलाई पक्राउ गरिएको प्रहरीको न्यूज बुलेटिनमा उल्लेख गरेको छ । 

Advertisement